आज सुनको मुल्यमा बृद्धि

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा ६ सयले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ‍ रहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।