ट्रम्पले कार्यकालको अन्त्यमा आफ्ना सहक्रर्मि ७३ जनालाई दिए माफी

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा ७३ जनालाई माफी दिएका छन्। आफ्ना पूर्व निर्वाचन अभियन्ता तथा सहयोगी स्टिभ बेननसहित ७३ जनालाई सबै प्रकारका कानूनी कारवाहीबाट मुक्त हुने गरि माफी प्रदान गरेका हुन्।

ह्वाइट हाउसका पूर्व रणनीतिकारसमेत रहेका बनेन मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि चन्दा संकलन गरेको आरोपमा पक्राउ परेका थिए । पर्खाल बनाउनका लागि १० लाख अमेरिकी डलर सर्वसाधारणहरुसँग उठाएको आरोप उनीमाथि लागेको थियो ।

यसअघि सन् २०१७ यता ट्रम्पले झन्डै ९० जनालाई क्षमदान दिइसकेका छन् ।