संसद् विघटनको मुद्दाः अधिवक्तालाई बहस गर्न आधा घण्टाको समय निर्धारण

काठमाडौं, संसद् विघटनविरुद्ध परेको रिटमा बहस गर्न प्रत्येक अधिवक्तालाई आधा घण्टाको समय तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको संवैधानिक इजलासमा आधा घण्टा समय तोकेका हुन् ।

एउटै अधिवक्ताले लामो समय बहस गरेपछि सर्वोच्चले समय यस्तो समय तोकेको हो । सर्वोच्च अदालत प्रशासनका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको बहसका लागि १ सय ८८ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासले नै हेर्ने आदेश गरेपछि आइतवारदेखि अन्तिम सुनुवाइ भइरहेको छ ।