माघ १० गते विप्लव नेकपाद्धारा नेपाल बन्दको आव्हान

काठमाडौँ, सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माघ १० गते नेपाल बन्दको आव्हान गरेको छ । उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय भिभाग प्रमुख धमेन्द्र बास्तोलाुकन्चनु लगायतलाई प्रहरीले गिरफ्तार गरेको विरोधमा केन्द्रीय संघर्षका कार्यक्रम अनुसार माघ १० नेपाल बन्दको आवह्नान गरिएको हो ।

उक्त पार्टीको तर्फबाट महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै ओलि सरकारको ठाडो आदेशमा पार्टी काममा खटिएका नेता कन्चन, व्युरो सदस्य विवेक र विशाल लगायतलाई गरिएको गिरफ्तारीको कडा विरोध र भ्रत्सना गरेका छन् ।जनताको अधिकारको हनन, भ्रष्ट्रचार, दलाली, कमिशनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध संघर्ष गरिरहेको पार्टीका नेता-कार्यकर्ता खोजी-खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु, कुनै पनि राजनिती व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जि उडाएको विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै उनले यस्तो खाले निरङ्कुश, नाताशाही एवम् फासिस्ट प्रवृत्तिका विरुद्ध एवम् दमनका विरुद्ध आवाज उठाउन सबै राजनितीक पार्टी, बुद्धिजीवी र आम नागरिकलाई विशेष अपिल समेत गरेका छन । गयको पौष २९ गते विप्लव नेकपाका उच्च तहका नेता ध्रमेन्द्र बास्तोला लगायतलाई ललितपुर बाट प्रहरीले गिरफ्तार गरेको थियो । ओलि नेतृत्वको सरकारले विध्वंसात्मक गतिविधि गरेको भन्दै विप्लव नेकपालाई प्रतिबन्ध लगाएको थियो ।

भने उक्त पार्टी भने अहिलेको राजनिती व्यस्थाले आम जनताका समस्या समाधान गर्न नसक्ने भन्दै वैकल्पिक राजनीतिक व्यवस्था स्थापनाको माग सहित अर्ध भुमिगत शैलिमा संघर्षमा छ । त्यसयता मात्र उक्त पार्टीका उच्चतहका नेता हेमन्त प्रकाश वलि (शुदर्शन) लगायत देशैभर हजारौँ नेता कार्यकर्ता, समर्थकलाई सरकारले पटक(पटक विभिन्न मुद्धामा जेल तथा हिरासतमा राखेको छ ।