विद्यार्थीद्वारा मध्यपस्चिमाञ्चल बिश्वविद्यालयको प्रशासनमा तालाबन्दी

भोलिदेखी कडा आन्दोलन गर्ने तयारी

सुर्खेत, मध्यपस्चिमाञ्चल बिश्वविद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा क्याम्पसको प्रशासनमा तालाबन्दी गरेको छ । सोमबार विद्यार्थी र क्याम्पस प्रशासनबिच भएको वार्ता असफल भएपछि बिद्यार्थीले सयुक्त विज्ञप्ति जारी गर्दै क्यापस प्रशासनमा तालाबन्धी गरेका हुन । मध्यपस्चिमाञ्चल बिश्वविद्यालयमा लामो समयदेखि आन्दोलन गर्दै आएका विद्यार्थिरुले मौका परिक्षाको व्यवस्था गर्नुपर्ने , स्वबियुको चुनाव समयमा नै गर्नुपर्ने , पढाई नभएको समयको रकम छुट दिनुपर्ने आदी मागहरु राख्दै निरन्तर आन्दोलन गरिरहेका छन । बिभिन्न पटक वार्ताका प्रयास भएपनि सफल हुन नसकेपछि बिद्यार्थीहरु निरन्तर आन्दोलनमा लागिरहेका छन् ।

आफुहरुसँगको वार्तामा कुनै सहमति नभएपछि आज विद्यार्थीहरुले सबै संकायका प्रशासनमा तालाबन्दी गर्नुपरेको विद्यार्थीहरुको प्रतिक्रिया रहेको छ । वार्ताको नाममा नाटक मात्र गरिएको र बिद्यार्थीहरुको मागमा गम्भिरतापुर्वक क्याम्पस प्रसासनले नसोचेका कारण आन्दोलन गर्नुपरेको मध्यपस्चिमाञ्चल बिश्वविद्यालयका स्वबियु सदस्य रोशन बस्नेतले बताए ।

स्वबियु सदस्य बस्नेतले भोलिदेखी कडा प्रकारका आन्दोलनका कार्यक्रमहरु ल्याउने तयारीमा रहेको समेत जानकारी दिएका छन ।  बिगत केहिदिन यता मध्यपस्चिमाञ्चल बिश्वविद्यालयमा बिद्यार्थी र क्याम्पस प्रसासन बिच अन्योल सृजना भएको छ । कोरोनाले सिथिल भएको बिश्वबिधालयको शैक्षिक स्थिती आन्दोलन र हडतालले झन अन्यौलता छाएको छ ।