नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ४ सयले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ‍ रहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।