पहिलो टेष्ट खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी

काठमाडौँ, घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टेष्ट खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको छ । श्रीलंकाले दिएको ७४ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले पाँचौं दिन दोस्रो इनिङ्समा २४।२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । इंग्ल्यान्डका जोनी बेयरस्टो ३५ र ड्यान लरेन्स २१ रनमा अविजित रहे ।

ज्याक क्रली ८, डोम सिब्ले २ र कप्तान जो रुट १ रनमा आउट भएका थिए । श्रीलंकाका लासिथले २ विकेट लिए ।इंग्लिस कप्ता जोए रुट खेलका ‘म्यान अफ द म्याच’ भए । उनले इंग्ल्यान्डको पहिलो इनिङ्समा शतक प्रहार गरेका थिए ।

यससँगै इंग्ल्यान्ड दुई टेस्टको शृंखलामा १–० को अग्रता लिन पनि सफल रह्यो । दोस्रो टेस्ट शुक्रबार सुरु हुनेछ ।