जुम्लामा दैनिक ९ घन्टासम्म लोडसेडिङ हुने (तालिकासहित)

जुम्ला, नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । प्राधिकरणद्वारा सार्वजनिक तालिकाअनुसार दैनिक ९ घन्टासम्म लोडसेडिङ हुने जनाइएको छ । विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने भएको छ ।

यस्तै, टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने छ । हरेक दिन बिहान २ देखि ५ बजेसम्म, ८ देखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको छ । पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने पनि बताइएको छ ।

जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । जुम्लाका स्थानीय आयोजनाहरूबाट अहिले २२० किलोवाट बिजुली उत्पादन हुन्छ। मागअनुसार आपूर्ति गर्न सकिएको छैन ।

प्राधिकरणद्वारा सार्वजनिक तालिका