नेपालमा तीन जनामा कोरोनाको नयाँ स्वरुप भेटिएको पुष्टि

काठमाडौं,  नेपालमा पनि कोरोना भाइरसको नयाँ स्वरुप भित्रिएको पुष्टि भएको छ । बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमै भेटिएको नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले बेलायतबाट नेपाल आएका तीन जना (२८वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय) पुरुषमा नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो ।

तीनै जनाको नमुना परीक्षणका लागि मन्त्रालयले हङकङ पठाएको थियो । गत पुस २७ गते परीक्षणका लागि पठाएको नमुनाको नतिजा माघ ५ गते आएको र सोमा बेलायतमा भेटिएको भेरियन्टकोे संक्रमण भएको पाइएको हो । संक्रमित तीन जनामध्ये दुई जनालाई अहिले नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुष भने संक्रमणकै अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

तुलनात्मक रुपमा निकै बढी संक्रामक मानिएको नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना रहेका कारण सरकारफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।