बाआमा मरेको बेला कसैले खुशी मनाउँदैनः प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। प्रचण्ड माधव पक्षको राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश अशान्त भएको बेलामा खुशी मनाउन नसक्ने जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले शनिबार ओली पक्षको प्रदेश १ भेलामा आफूले जनतालाई हसाँउदा प्रचण्डलाई दुस्खेको बताएका थिए । प्रचण्डलाई लक्षित गर्दै ओलीले भनेका थिए, उहाँले देश बर्बाद पार्न खोज्दा मैले दिइनँ। उहाँलाई त्यही चिन्ता भएको हो । म देशको मुहारमा मुस्कान ल्याउन चाहन्छु, म हसाउँदै हिँड्छु। तर मान्छे मार्दै हिँड्न सक्दिनँ।

नेपाली जनता हाँसेकोमा किन पीर पर्‍यो ? त्यसो के म मान्छे मार्दै टुहुरा बनाउँदै हिँडु रु विधुवा बनाउँदै हिँड ? उनले भनेका थिए । तर आइतबार प्रचण्डले आफ्नो अभिभावक मरेको र देश अशान्त भएको बेलामा खुसी मनाउन नसक्ने बताएका हुन् । हामी हाँसीमजाक गर्ने मुडका छैनौँ। चिन्तित छौँ। परिवारको अभिभावनको मरेको बेलामा हामी खुसी मनाउँदैनौँ उनले भने, परिवारमा बाआमा मरेको बेला कसैले खुशी मनाउँदैन। प्रचण्डले संविधानमाथि प्रहार देश स्तब्ध भएको आफूहरु हाँस्न नसक्ने बताए । उनले ओलीलाई कमिक गर्ने स्वतन्त्रता रहेको पनि बताए ।