१११ रनमै पुलिस अल आउट

काठमाडौँ, प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सामान्य लक्ष्य तय गरेको छ ।

समूह ‘बी’ अन्तर्गतको आइतबार बिहान टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ थालेको पुलिस २९.३ ओभरमा १ सय ११ रनमा अल आउट भएको हो । पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१ र २१ रन बनाए । यस्तै, ओपनर सुनिल धमला र कुशल भुर्तेलले पनि समान १७ र १७ रन जोडे । पुलिसका कुनैपनि ब्याट्सम्यानले क्रिजमा टिकेर जिम्मेवारी प्रर्दशन गर्न सकेनन् ।

पुलिसलाई सस्तैमा समेट्न बागमतीका नन्दन यादव र तिलकराज भण्डारीले समान ४ र ४ विकेट लिए । रामनरेश गिरीले २ विकेट लिए । दुवै टिम प्रतियोगिताको पहिलो खेल खेल्दैछन् ।