संसद विघटनसम्बन्धी भिडिओबारे नेम्वाङको प्रतिक्रिया

काठमाडौं, नेकपा ओली समूहका स्थायी समिति सदस्य सुवास नेम्वाङले संसद विघटनबारे २०७४ सालमा दिएको अभिव्यक्तिबारे बोलेका छन् । नेकपा ओली समूहले काठमाडौंमा आयोजना गरेको प्रदेश १ को भेलालाई सम्बोधन गर्दै नेम्वाङले २०७४ सालमा दिएको उक्त अभिव्यक्ति र अहिलेको अवस्था फरक भएको बताए ।

२०७४ सालमा संसदीय मामला पत्रकार समाजको कार्यक्रममा मैले संविधान बारेमा बोलेका कुराहरू त्यहाँ छन्। मैले बोलेका कुरा त्यहाँ राखिएका छन्। तर अहिलेको अवस्था फरक छ । नेम्वाङले भने संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको एक प्रकारको विशेषाधिकार पनि हुन्छ । त्यसलाई संविधानले निषेध गरेको छैन ।

तत्कालिन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको विषयमा गत २०७६ साल साउन ४ गते पत्रकारलाई प्रशिक्षण दिँदा बताएका थिए।