लाजियोको मैदानमा रोमा स्तब्ध

काठमाडौँ, इटालियन सिरी ए मा लाजियोले सहज जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लाजियोले रोमामाथि ३–० को नतिजा निकालेको हो ।

खेलको १४औं मिनेटमा कप्तान सिरो इमोविलेले गोल गर्दै लाजियोलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २३औं मिनेटमा लुइस अल्ब्रेटोले गोल गर्दै घरेलु टोली पहिलो हाफमा २-० को अग्रता दिलाए । यस्तै ६७औं मिनेटम अल्ब्रेटोले व्यक्तिगत दोस्रो गोल गर्दै लाजियोलाई ३–० को सहज जित दिलाए ।

जितसँगै लाजियो १८ खेलबाट ३१ अंकसहित तालिकाको सातौ स्थानमा उक्लिएको छ । पराजि भएको रोमाले भने दोस्रो स्थानको इन्टर मिलानसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ । रोमा ३४ अंक जोडेर तेस्रो स्थानमा छ ।