झुट्टो आरोपका फरेबले

झुट्टो आरोप

झुट्टो आरोपका फरेबले ।
सत्य भित्र असत्य भएको छु।
मेरा बिचार मन परेन होला।
स्वभाव ठिक लागेन होला ।
किन भने म झुटो भए ।

निकृष्ट जतिनै खल्लो लागे पनि याद भने छ।
निराशा भित्र जति नै आशा देखाऊ।
उदाश शब्द चढाउदा ।
यसलाई हजुरीया नसम्झनु।
अनि फोहोरको डंगुरमा नमिल्काउनु।

मन बुझ्ने भावना छैन्न यहाँ ।
दुःखी आत्माले तडपिएका चरित्रसंग ।
सिशाको बाटोमा पैताला राखेको छु ।
अपहेलाना र कु-प्रचारका आरोप भित्र ।
रमाएर उत्सब मनाउने संगै ।
मन साट्नु पर्ने बाध्यतामा छु।

शव्दमा भित्र पराग छैनन् ।
मिठास भित्र सुगन्ध नभए पछी ।
आदरताबाट खस्किएर लेख्दै छु ।
तर यसलाई हार नसम्झनु।

झुट्टा आरोपले ईच्छाहरु जलेका छन्
मनहरु फाटिएका छन ।
बर्षाको कचिलोमा रुझेका खुसी ।
भावना भित्रका छलाङहरु  ।

हिउँदको सर्दिमा कठयाङिग्रएका छन ।
झुट्टो आरोपको आगोले मनहरु जलेका छन्।