मध्यपश्चिम विश्वविद्यालय भ्रष्ट्रचारीको अखडाः अखिल क्रान्तिकारी

विद्यार्थीका जायज माग राख्ने अधिकार माथि धावा बोलेको आरोप

सुर्खेत, विप्लवले नेतृत्व गरेको विद्रोही नेपाल कम्युनिस्ट पार्टी निकटको बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मध्यपश्चिम बिश्वबिद्धालय भ्रष्टचारको अखडा भएको आरोप लगाएको छ ।

सोमबार संगठनको भेरी-कर्णाली ब्युरोको तर्फबाट संयोजक हर्क बहादुर बिकले एक विज्ञप्ति जारी गर्दै नेपालका अन्य विश्वविद्यालय झै यो मध्यपश्चिम विश्वविद्यालय पनि सत्तासीन शक्तिको निहित स्वार्थको चङ्गुलमा फसेर भ्रष्ट्चारको अखडाको रुपमा स्थापित भएको बताएका छन् । साथै उनले बिश्वबिद्धालयमा आन्दोलनरत विद्यार्थीहरुमाथि विश्वबिद्यालय र प्रहरी प्रशासनको मिलेमतोमा गरिएको निर्मम दमन र धरपकड प्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् ।

संयोजक विकद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यहि पौष २६ गते मध्यपश्चिम बिश्वबिद्धालयमा आन्दोलनरत विद्यार्थीहरुमाथि विश्वबिद्यालय र प्रहरी प्रशासनको मिलेमतोमा गरिएको निर्मम दमन र धरपकड प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । आफ्ना जायज मागहरू बिश्वबिद्यालय समक्ष राख्न पाउने विद्यार्थीहरुको अधिकार माथि धावा बोलिनु अत्यन्तै खेदजनक छ ।’

साथै विज्ञप्तिको अगाडी लेखिएको छ, ‘सामान्यतः बिश्वबिद्धालयहरुलाई खोज, अध्ययन, अनुसन्धान सहितको बौद्धिक एबम प्राज्ञिक थलोका रुपमा बुझिन्छ । तर नेपालका बिश्वबिद्धालयहरु सत्तासीन शक्तिको निहित स्वार्थको चङ्गुलमा छन । जसले गर्दा बिश्वबिद्धालयको गरिमा र महत्त्व माथी नै प्रश्न उठ्ने गरेको छ । मध्यपश्चिम बिश्वबिद्धालय पनि यसैको सिकार भएको तथ्य स्पष्ट नै छ । भ्रष्टाचारको अखडाको रुपमा रहेको यस बिश्वबिद्धालयलाई भ्रष्टाचार मुक्त बनाई असल शैक्षिक थलोका रुपमा स्थापित गर्न जरुरी भएको बेला अध्ययनरत विद्यार्थीहरु, सम्बद्ध सरोकारवाला सबै पक्षहरु सङ्ग सहकार्य गर्न छोडेर फासिस्ट र क्रुर शैलीमा बिश्वबिद्धालय प्रशासन आफै उत्रिएको छ ।’

त्यस्तै विज्ञप्तिको अन्तमा लेखिएको छ, ‘प्रहरी प्रशासनको दुरुपयोग गरी आन्दोलनरत विद्यार्थीमाथी दमन गरिएको उक्त घटनाको हाम्रो सङ्गठन घोर निन्दा एबम भर्त्सना व्यक्त गर्दछ । साथै घटनाको निष्पक्ष छानबिन गरि दोषी माथी कडा कार्बाही गर्न सम्बन्धित पक्षसङ्ग जोडदार माग गर्दछौं । आन्दोलनरत विद्यार्थीहरुका मागहरूको तुरुन्तै समाधान गर्न हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौ ।’

यस्तो छ विज्ञप्ति