भक्तपुरमा प्रहरीलाई हातपात गर्ने एक पक्राउ
प्रकासित मिति : २०७७ पुष २६, आइतवार
प्रकासित समय : [nepaliTime]
भक्तपुर, ड्युटीमा खटिएको प्रहरीलाई हातपात गर्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा खटिएको प्रहरीलाई सिलवालले हातपात गरेपछि उनलाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन जाँच गर्नको लागि कोरियन अस्पताल ठिमी लगिएकोमा उनले पुनः प्रहरीलाई हातपात गर्नुका साथै उक्त अस्पतालको इर्मेरजेन्सी वार्डको झ्याल ढोकाको सिसा समेत तोडफोड गरेका थिए ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

