“ए नेतागणहरु हो”

तिलक पौड्याल

ए नेतागणहरु हो,
किन राष्ट्रको नाउँमा खोक्रो बनाई
देशलाई संकट पारिरहेका छौ?
के पुगेको छैन तिमीहरुलाई?
भन:भन:हामी जनताहरुको सामु भन,
चुप लागेर इनामको भागेदार नसम्झ
प्रस्फुठित भएर भन।

तिमीहरूलाई कुर्सीमा बस्न पाए सबथोक पुग्छ भने
कृपया हामी जनतालाई भन्देउ कि
हामीलाई देश र जनताको माया छैन भनेर
अनि हामी जनता स्वयं सक्रिय भएर
देशको रक्षा गर्न लाग्ने छौंँ।
आफ्नो आँट र साहसले काम गरेसम्म
इतिहासलाई ब्युँझाउन जाग्ने छौँ।

मौनतामा कति जालसाँज गरिरहन्छौ?
के तिमीहरुलाई याद छैन?
हाम्रा पुर्खाहरुले रगतका खोला बगाएर
बलिदान दिई योगदान गरेको,
लाग्छ इतिहासका गौरवपुर्ण
ती पानाहरु पल्टाएर पढेका रहेन्छौ।
परिणाम इतिहास ब्युँझाउनुको सट्टा
मेटाउन खोजिरहेका छौँ।

आफ्नो स्वार्थ सिद्ध भयो भनेर होला
केही समस्या पर्दा हामीलाई गुहार्ने तिमीहरु
अहिले कानमा कपाँस हालेर बसिरहेका छौ।
केवल आफ्नो मलजलका लागि
तर यति नबिर्स कि तिम्रो बाली फक्रीन नपाउँदै
एकदिन अबस्य बर्खाको भेलले बगाएर लग्ने छ भनेर।