प्रधानमन्त्री ओली धनगढी पुगे
प्रकासित मिति : २०७७ पुष २४, शुक्रवार
प्रकासित समय : [nepaliTime]
काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् ।
श्री एयरलाइन्सको हवाईजहाजबाट शुक्रबार दिउँसो आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन् । धनगढी विमानस्थलमा ओलीको स्वागतका लागि कोही नगएको बताइएको छ ।
ओलीको सम्बोधनका लागि बनाइएको खुल्लामञ्चनजिक नेकपा बहुमतनिकट अनेरास्ववियुका कार्यकर्ताले टायर बालेर विरोध गरेका छन् । उनीहरु प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत छन् ।

