जाजरकोटमा बृहत रचना वाचन कार्यक्रम सम्पन्न

जाजरकोट, जाजरकोटमा बृहत रचना वाचन तथा श्रष्टा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार जाजरकोटी साहित्यिक आवाजको आयोजनामा जाजरकोटको खलंगामा बृहत रचना वाचन तथा श्रष्टा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष भावुक रिदम बावुले गरेका थिए भने कार्यक्रमको प्रमुख अथितीमा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले गरेका थिए । सो कार्यक्रममा कर्णालीका सुर्खेत , सल्यान , रुकुम र जाजरकोटका अग्रज देखि अनुज श्रष्टाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा दुुई दर्जन भन्दा बढि श्रष्टाहरुले गजल, मुक्तक, कबिता वाचन गरेका थिए ।

जसमा पुर्ण समिर महतारा,धिरेन अनुपम , अमृत अन्जान, लोकराज गौतम, राजुराजा सिँह , झलक ओली, शिखर पुन , टिआर अथक मनु , शुसिला बिक , सिर्जना खत्रि , प्रिय सुनाखरी लगायतको उपस्थिती रहेको थियो । स्वागत मन्तब्य माया घर्तिले राखेकी थिइन् । भने कार्यक्रमको संचालन जनक चन्द्र रितुले गरेका थिए ।