वैशाखमा चुनाव हुन्छ कसैको भ्रमको पछि नलाग्नुहोस्ः प्रधानमन्त्री ओली
प्रकासित मिति : २०७७ पुष १९, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा प्रतिनिधि सभाको निर्वाचन हुने दाबी गरेका छन्। बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना भएको नेकपा ओली निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबि गरेका हुन।
बैशाखका प्रतिनिधि सभाका लागि नयाँ निर्वाचन हुन्छ। कतिपयले भ्रम फैलाउन खोजिरहेका छन् चुनाव हुँदैन। भनेर तपाईहरु भ्रमको पछि नलाग्नुहोस् उनले भने चुनाव वैशाख १७ र २७ गते निर्वाचन हुन्छ। बैशाखको चुनाव कसैले टार्न नसकेको उनले बताए।
ताकिएकै समयमा निर्वाचन हुन्छ। सर्वोच्च अदालनमा धेरै मुद्दा चलिहरेको छ उनले भने विधानले कानुनले मिल्दैन। संसद विघटन भइसक्यो अव बिउँझिँदैन। पार्टीभित्रको नेताहरुले सरकारको काम गर्न नदिएकाले आरोप लगाए।

