न्यूजील्यान्डका जेमिसनले लिए पाँच विकेट

पाकिस्तान सस्तोमै समेटियो

न्यूजील्यान्ड, पाकिस्तान र न्यूजील्यान्डबीच न्यूजील्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर २९७ रन बनाएको छ ।टस जितेर पहिले क्षेत्र रक्षण रोजेको न्यूजील्यान्डका लागि तिब्र गतिका बलर कायले जेमिसनले पाँच विकेट लिएपछि पाकिस्तानी टोली सस्तोमै समेटिएको हो ।

तर, पाकिस्तानका लागि अजहर अलिले धैर्यपूर्वक ब्याटिङ गर्दै ९३ रन बनाएका थिए ।पाकिस्तानका अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन् । पाकिस्तानका लागि अबिद अलिले २५, मोहम्मद रिजवानले ६१, फाहिम अस्राफले ३४ रन बनाएका थिए ।

न्यूजील्यान्डका लागि टिम साउदीले २, ट्रेन्ट बाउल्टले २ तथा म्याट हेनरीले १ विकेट लिएका थिए । अब दोस्रो दिन सोमबार न्यूजील्यान्डले ब्याटिङ शुरु गर्नेछ । एएफपी