बागेश्वरी बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न
कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको अभ्यास शिक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकाय स्नातकोत्तरतह चौथो बर्षका विद्यार्थीहरुलाई अभ्यास शिक्षण अन्तर्गत अन क्याम्पस शिक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
सम्पुर्ण बिषयहरुको अभ्यास शिक्षण कार्यक्रमका कृयाकलापहरु र कार्यतालिकामा एकरुपता कायम गर्ने र थप प्रभावकारी बनाउने उदेश्य अनुरुप अभ्यास शिक्षण समिती बागेश्वरी बहुमुखी क्याम्पसद्वारा उक्त कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा अभ्यास शिक्षण अन्तर्गत अन क्याम्पस शिक्षण अवधिमा गर्नुपर्ने कार्यहरु, पालना गर्नु पर्ने नियमहरु साथै समय तालिकाको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।
अभ्यास शिक्षण समिति बागेश्वरी क्याम्पसका प्रमुख प्रमोद सुवेदीको सभापतित्वको भएको कार्यक्रमका प्रमुख अथिती बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्मा रहनु भएको थियो । त्यसैगरी अन्य अथितिहरुमा शिक्षण विभागका पुर्व प्रमुखद्धय तोयानाथ पहाडी, दान बहादुर हमाल रहनु भएको थियो ।
कार्यक्रमको सन्चालन भने बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक एकराज शर्माले गर्नु भएको थियो । त्यस्तै स्वागत मन्तव्य नेपाली शिक्षण बिभागका सदस्य मिन बहादुर के।सि र मन्तव्य ललित प्रकाश चन्दले राख्नु भएको थियो । त्यसैगरी विद्यार्थीको तर्फवाट शुभकामना मन्तव्य भने नारायण प्रशाद चालिसेले राख्नु भएको थियो । अभिमुखिकरण कार्यक्रममा क्याम्पसमा विभिन्न विषय अध्यानरत शिक्षाशास्त्र संकाय अन्तर्गतका विद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

