नेकपा विभाजन हुँदा मुटु फुटेको छः दीनानाथ शर्मा
प्रकासित मिति : २०७७ पुस १७, शुक्रबार १६:४५
प्रकासित समय : १६:४५
काठमाडौं, राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजित हुँदा आफ्नो मुटु फुटेका अनुभव गरेको बताएका छन् । शुक्रबार सुरु भएको राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन् ।
मेरो राजनीतिक इतिहासको ५५र५६ वर्षको इतिहासमा पार्टी एकता भएर नेकपा बन्दा म सबैभन्दा बढी खुशी थिएँ । हामी सबै खुशी थियौँ । खुशी नहुने कोही पनि थिएनन् । नेपाली जनता खुशी भएका कारण त्यो खुशी निर्वाचनमा अभिव्यक्त भएको थियो नेता शर्माले भने आज पार्टी विभाजनको संघरमा आउँदा मेरो मुटु फुटेको अनुभव भएको छ ।
शर्माले इतिहासमा नेपालका कम्युनिस्ट पार्टी फुटेको तर अहिले बढी पीडा भएको बताए ।

