राजादेखि विल्लवसम्म अट्ने राजनीतिकको विकास गर्नुपर्छः कमल थापा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विल्लवसम्म अट्न सक्ने राजनीतिक प्रणालीको विकास गर्नुपर्ने माग राखेका छन् ।

आज काठमाडौंमा राजतन्त्र र हिन्दुराष्ट्र पुनः स्थापनाको माग गर्दै भएको प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो माग राखेका हुन् ।नेपालमा अहिले धेरै गणतन्त्रवादी नागरिक हुनुहुन्छ, उहाँहरुको पनि सम्मान गर्नुपर्छ ।

तर अब हामीले अब विकास गर्ने राजनीतिक प्रणालीमा राजादेखि विप्लवसम्म अटाउन सक्नुपर्छ । थापाले भने ।नेपालको राष्ट्रिय स्वाभिमानमा कहिले दक्षिणबाट त कहिले उत्तरबाट लगातार प्रहार भइरहेको थापाको भनाई छ ।