राजतन्त्र र हिन्दुराष्ट्र पुनः स्थापनाको माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौं, राजतन्त्र र हिन्दुराष्ट्र पुनः स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

भृकुटीमण्डपमा हुने प्रदर्शनीका लागि उपत्यकासहित अन्य जिल्लाबाट समेत राप्रपा कार्यकर्ता काठमाडौं आएका छन्। सभालाई पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापालेले सम्बोधन गर्नेछन्।

भक्तपुरको सल्लाघारी, ललितपुरको लगनखेलका साथै शहीदगेट, दरबारमार्ग, रत्नपार्क लगायतका क्षेत्रमा भेला हुँदै राप्रपा नेता तथा कार्यकर्ता भृकुटीमण्डप पुगिरहेका छन्।