हामीलाई सडकमा बसेर छातीमा कागज टाँस्नुपर्ने अवस्थामा छैनः प्रधानमन्त्री ओली
प्रकासित मिति : २०७७ पुस १७, शुक्रबार १५:०८
प्रकासित समय : १५:०८
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा नै आधिकारिक भएको प्रष्ट पारेका छन् । शुक्रबार प्रवासी नेपाली एकतामञ्चको जुम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले एउटा चिर्कटो निर्वाचनमा आयोगमा पुर्याउँदैमा वैधानिकता प्राप्त नहुने जनाएका हुन् ।
यस्तै, उनले नेकपा फुटेको नभइ केही नेताहरु अलग्गिएको दावी गरेका छन् । उनले केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टी फुटाएर सरकार बनाउने खेलमा लागेको बताए । विपक्षले सरकारको सत्तोसराप गरेर जनताको मन दुखाएको उनको भनाई रहेको छ ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दै असंवैधानिक कदम चालेपछि नेकपा विभाजन भएको छ । दुवै पक्षले आआफूलाई पार्टीको संस्थापन पक्ष दाबी गरेका छन्, तर कसैले पनि विभाजनको भारी बोक्न चाहेका छैनन् । पार्टीमा भने ओली अल्पमतमा छन् ।

