ढकारी गाउँपालिका अध्यक्ष वुढा विप्लव नेकपाको नियन्त्रणमा

अछाम, प्रतिवन्धित विप्लव नेकपा अछामले ढकारी गाउँपालिकाका अध्यक्ष धनवहादुर वुढालाई आज नियन्त्रणमा लिएको छ । आज विहान करिव साढे ९ वजे नियन्त्रणमा लिईएको स्रोतले वताएको हो।

कोरोना रोकथाम नियन्त्रण तथा क्वारेन्टाइन व्यवस्थापनमा भएको खर्च विवरणको हिसावकिताव,अध्यक्षमा निर्वाचित हुनुपुर्व जारि गरिएको घोषणा पत्र अनुसार काम भए नभएको अनुगमन गर्न ,गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा जनमुखि भए नभएको अध्ययन गर्न भन्दै नियन्त्रणमा लिईएको नेकपा स्रोतले वताएको छ ।

विहान साढे नौ वजे तिर नियन्त्रणमा लिईएका अध्यक्ष वुढालाई आजै छाडिएको पनि छ ।सवै हिसावकिताव सहित ढकारि गाउपालिका अध्यक्ष धनवहादुर वुढाले १५ दिन भित्र विप्लव नेकपाको सम्पर्कमा जानुपर्ने छ । गत महिना तुर्माखाद गाउपालिका अध्यक्ष पुष्पराज शर्मालाई नियन्त्रण मा लिएको थियो। विद्रोहि पार्टिको भाषा अनुसार वुढा कार्वाहि भोग्ने दोस्रो गाउँपालिका अध्यक्ष हुन ।