राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ, राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको हिउँदे अधिवेशनको आजको बैठक अपराह्न चार बजे बस्ने भएकोछ । प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको बैठक पहिलो पटक बस्न लागेको हो ।

स्रोतका अनुसार आजको बैठकको सुरुमा राष्ट्रपति भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाइने छ । यस्तै मन्त्रिपरिषद पुनर्गठनबारे पनि जानकारी गराइने छ । त्यसपछि दलका नेताहरूलाई बोल्न समय दिइने र अन्तिममा बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेछ ।

अधिवेशनमा प्रतिनिधिसभा विघटन भएको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका जल्दाबल्दा विषय उठ्ने बताइएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।