कैलालीमा बेवारिसे अवस्थामा शव फेला

कैलाली, कैलालीमा बेवारिसे अवस्थामा शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वन क्षेत्रभित्र पर्ने चिसापानी खोलामा उक्त शव फेला परेको हो।  शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताएका छन् । साथै उनले शव पहिचानका लागि अनुरोध गरेका छन्।

उक्त शवको प्रकृति हेर्दा तल्लो शरिरमा निलो रंगको जिन्स पाइन्ट लगाएको, उचाई अन्दाजी ५ फिट ५ ईन्च, उमेर अन्दाजी २५ र ३० वर्षको जस्तो देखिने, दाँया हातको पाखुरामा नाग(सर्प) र शिवलिंगको ट्याटु, दाँया हातको बुढी औला मुनी बिच्छिको ट्याटु, बाँया हातको पाखुरामा बिच्छिको ट्याटु भएको मृतकको शव सडिगली गएको अवस्थामा रहेको तथा शव नजिकै सेतो रंगको गन्जी र हरियो रंगको हाप सट फेला परेको बताइएको छ। सो घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।