आर्मी क्लबलाई एएफसी लाइसेन्स हस्तान्तरण

काठमाडौं, विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई एसियाली फुटबल महासंघ(एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।गत मंगलबार एएफसीको लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली फुटबल क्लब बनेको आर्मीलाई बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एएफसी लाइसेन्स सर्टिफेट प्रदान गरेका हुन् ।

आर्मी मुख्यालयमा भएको कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले आर्मीका प्रधानसेनापति पुर्ण चन्द्र थापालाई लाइसेन्सको सर्टिफिकेट हस्तान्तरण गरे ।‘ए’ डिभिजन लिग खेलेका १४ टोली सबैले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएको थिएन ।

त्रिभुवन आर्मी क्लबले मान्यता पाँउदा नेपालको एक मात्र क्लबले अब एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने छ । अब आर्मी क्लबले महादेशमै च्याम्पियन्स लिगपछिको ठूलो प्रतियोगिता एएफसी कप २०२१ खेल्ने छ ।