भेरी त्रिवेणी सामुदायिक विद्यालयले नगरपालिकालाई बुझायो ८ बुँदे ध्यानाकर्षणपत्र

यस्ता छन मागहरु

जाजरकोट, जाजरकोटको भेरी नगरपालिकामा रहेको भेरी त्रिवेणी सामुदायिक विद्यालयले नगरपालिकालाई ८ बँदे ध्यानाकर्षणपत्र बुझाएको छ । भेरी नगरपालिका वडां नं. १ रिम्नामा रहेको सामुदायिक विद्यालयले विद्यालय सुधार संग सम्बन्धित बिभिन्न मागसहितको ध्यानाकर्षणपत्र बुझाएको हो ।सोमबार विद्यालयका सहायक प्रधानाध्यापक रुद्रबहादुर वलीको नेतृत्वमा आएको शिक्षक, विद्यार्थीहरुको टोलीले कार्यकक्षमै पुगेर नगरपालिकाका कार्यबाहक नगर प्रमुख भावना भण्डारी समक्ष ८ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

स्थानीय तहले विद्यालयलाई दिदै आएको शिक्षक अनुदान रकम यथासक्य दिनुपर्ने, आबश्यकताका आधारमा विद्यालयमा बिषय शिक्षक उपलब्ध गराउनुपर्ने, यथाबत कोभिड–१९ को सन्त्रासलाई मेटाउन शिक्षक विद्यार्थीहरुको स्वास्थ्य सुरक्षाको व्यवस्था गर्नुपर्ने, शिक्षकहरुको क्षमता विकास तालिम संचालन गर्नुपर्ने, शिक्षकहरुलाई स्वअध्ययन सामाग्री उपलब्ध गराउनु पर्ने, बालमैत्री शिक्षा संचालनको व्यवस्था गर्नुपर्ने, छात्रबृद्धि वितरण प्रणालीलाई प्रचलित कानुन बमोजिमको व्यवस्था गर्नुपर्ने, विद्यालयको भौतिक सुधार, वातावरणिय सुधारमा ध्यान दिनुपर्ने जस्ता मागहरु राखेर पत्र बुझाईएको हो ।

विद्यालयले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै कावा नगरप्रमुख भण्डारीले आफु मागप्रति निक्कै संम्बेदनशिल बनेको बताइन । उनले ध्यानाकर्षणपत्रमा राखिएका जायज मागहरुलाई आगामी नगर कार्यपालिकाको बैठकबाट समाधान गरिने बताईन् ।

यस्तो छ ध्यानाकर्षण सहितको मागपत्र