रोनाल्डोले जिते प्लेयर अफ दि सेन्चुरी अवार्ड

काठमाडौँ, पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘ग्लोवो सकर अवार्ड’ अन्तर्गतको ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड हात पारेका छन् । दुवईमा आइतबार राति भएको अवार्ड समारोहमा रोनाल्डो ‘प्लेयर अफ दि सेन्चुरी’ घोषित भएका हुन् ।

उनले अर्जेन्टिनी लियोनेल मेस्सी, ब्राजिली रोनाल्डिन्हो र इजिप्टको मोहम्मद सलाहलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन् । यो अवार्डका लागि रोनाल्डोले समर्थकबाट ३८ प्रतिशत मत पाएका थिए । मेस्सीले २४ प्रतिशत, सलाहले २३ प्रतिशत र रोनाल्डिन्होले १४ प्रतिशत मत प्राप्त गरेका थिए ।

यस्तै प्रशिक्षणमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला कोच अफ दि सेन्चुरी घोषित भएका छन् । जर्ज मेन्डिसलाई एजेन्ट अफ दि इयर प्रदान गरिएको छ । स्पेनिस क्लब रियल म्याड्रिडलाई क्लब अफ दि सेन्चुरी तथा बायर्न म्युनिखलाई टिम अफ दि इयर अवार्ड प्रदान गरिएको छ ।