वन मुद्दा लागेका नै ओली सरकारको वनमन्त्री

काठमाडौं,  कैलालीको डिभिजन वन कार्यालय, पहलमानपुर अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा स्थलगत अध्ययनका क्रममा प्रेमबहादुर आले अमर्यादित तरिकाले उपभोक्तामाथि खनिएका थिए ।वनमा काटिएका रुखबारे सामुदायिक वनका अध्यक्षले जानकारी गराइरहँदा आलेले ‘टाउको तल झार, चिनेको छस् म को हुँ ?’ भन्दै हप्काएको भिडियो भाइरल बनेको थियो ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा काठ ठेकेदारको लगानी हुने गरेको र पैसा आर्जन गर्नकै लागि रातारात धेरै रुख काट्न उपभोक्ता तयार भएको आलेको आरोप थियो । तर नवनियुक्त वनमन्त्री आले आफै २०५० देखि ५७ सालताका स्थानीय स्थतरमा राजनीतिसँगै काठ बेचबिखन गर्ने ।

आले २०५५ वैशाखमा सरकारी वनमा अवैध कटान र ओसारपसारमा मुछिएका थिए । डोटीको साविक छतिवन गाविस–८ का राधेश्याम बडायर र ९ बस्ने तत्कालीन जिविस सदस्य रहेका आले समेतको मिलेमतोमा ८ र ५ वडामा पर्ने जंगलमा अवैध ढंगले सल्ला प्रजातिका रुख काटेको प्रतिवेदन वन कार्यालय डोटीले तयार गरेको थियो ।उक्त घटनामा बडायर पक्राउ परे पनि आले पक्राउ पर्न नसेको प्रतिवदेनमा उल्लेख छ । आलेले भने आफू कहिल्यै काठ व्यवसायलगायतका अवैध गतिविधिमा संलग्न नभएको दाबी गर्दै आएका छन् । कान्तिपुर दैनिकबाट