१२ वटा मन्त्रालय खाली हुदा पनि मैले मन्त्री नियुक्त गरिनँः बाबुराम भट्टराई

काठमाडौं, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन्।

संसद विघटन गरेर नयाँ मन्त्री नियुक्त गर्न कुनै हालतमा नमिल्ने भट्टराईको दाबि रहेको थियो ।मेरो पालामा १२ वटा मन्त्रालय खाली थिए तर मैले मन्त्री नियुक्त गरिनँ, बहालवाला मन्त्रीहरुलाई नै जिम्मेवारी दिएँ मैले आफै ५–६ वटा मन्त्रालय हेरेको थिएँ,’काठमाडौंमा आइतबार आयोजित जसपाको प्रदर्शनलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘आवश्यक हुँदा पनि मैले नैतिकताका आधारमा मन्त्री थपघट गरिनँ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेर प्रतिगमन गर्न खोजेको बताए।यस्तै, ओलीको भ्रमबाट ढिलै भए पनि प्रचण्ड(नेपाल मुक्त भएको भट्टराईको भनाइ छ। कांग्रेसलाई पनि सडक संघर्षमा आउन आग्रह गरेका छन्।