ओलीको कदमविरुद्ध जसपाको प्रदर्शन

काठमाडौं, संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।आइतबार काठमाडौँको शान्ति बाटिकाबाट सुरु भएको जुलुस पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनमा पार्टीका वरिष्ठ नेताहरु डा बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई लगायत सहभागि थिए ।