अनुदान कोटामा खोलिएको शिक्षक बिज्ञापनमा परिक्षार्थीद्धारा परिक्षा बहिस्कार

राजनैतिक भागबन्डाको आधारमा परिक्षा हुन लागेको जिकिर

सुर्खेत, सुर्खेमा कक्षा ११ र १२ को नेपाली बिषयको अनुदान कोटामा खोलिएको बिज्ञापनमा हुने परिक्षा बहिस्कार गरीएको छ । शनिबार एक निबेदन जारी गदै परिक्षा बहिस्कार गरिएको हो । जिल्लाको गुर्वाकोट नगरपालिका वडा नं २ स्थित रहेको श्री जनज्ञान भन्डार माध्यामिक बिद्यालयमा माध्यामिक तह कक्षा ११ र १२ को नेपाली बिषयको बिज्ञापन केहि समय अगाडि गरीएको थियो । सोहि अनुरुप सम्पुर्ण परिक्षार्थिलाई २०७७ पौष ११ गते बिहान ८ः०० बजे  बिद्यालय प्रशासनको सम्पर्कमा बोलाइएको थियो । सो मितिमा बोलाइएपनि परिक्षा तोकिएको समयमा नगराई राजनैतिक भागबन्डाको आधारमा र पुर्ब मिलेमतोको आधारमा ठुलो योजनाका साथ साँझ ५ बजे तोकिएको उक्त निबेदनमा उल्लेख गरिएको छ । बिद्यालय प्रशासनले कार्यालय समयभन्दा ढिला परिक्षा समय तय गरेको  परिक्षार्थि सीता यरीले बताइन । र सो समयमा तय गरिएको परिक्षामा कोहिपनि परिक्षार्थि समाबेश नहुने जनाएको छ । परिक्षार्थिको निबेदनमा जारी गरिए अनुसार जवसम्म निस्पक्ष बातावरणमा परिक्षा संचालन हुने परिस्थिति सिर्जना नहुदासम्म परिक्षा बहिस्कार गरिने पनि उल्लेख गरिएको छ । सोहि कारणले अहिले उक्त बिद्यालयमा बिवाद सिर्जना भइरहेएको छ ।