ओली समूहले लगाएको ताला प्रचण्ड-नेपाल समूहले तोडेपछि लफडा

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुरको पार्टी कार्यालयमा लफडा भएको छ । आइतबार दिउँसो १२ः३० बजेतिर प्रचण्ड–नेपाल समूहको भेला थियो, ओली समूहले गुटको भेला पार्टी कार्यालय गर्न नपाइने भन्दै मुलगेट, कार्यालय र सभा कक्ष तीन ठाँउमा तालाबन्दी गरे । मूल गेटमा लगाएको ताला प्रचण्ड(नेपाल समुहले तोडिदिएका थिए ।

कार्यालय र हलमा लगाएको ताला भने दिउँसो १२ः३० बजेसम्म तोडेका थिए, तर सो ताला पनि प्रचण्ड नेपाल समूहले तोड्ने प्रयासरत छन ।  ओली समूहका तर्फबाट अनेरास्ववियूको केन्दीय सदस्य भएका कमल रोकायाले पार्टी फुटको संघारमा कुन आधिकारित नहुँदा सम्म कसैले पनि गुटको कार्यक्रम गर्न नहुने भन्दै तालाबन्दी गरेको बताए । अहिले पार्टी विवाद निर्वाचन आयोगमा पुगेको छ उनले भने कुन आधिकारिक हो भन्ने बारेमा एकिन भएको छैन त्यतिन्जेल हामी कुनै पनि कार्यक्रम गर्न दिदैनौँ पार्टी कब्जा भने गरिएको होईन ।

 प्रचण्ड नेपाल समुह कञ्चनपुरका युवा विद्यार्थी रमेश पन्तले नेकपा कञ्चनपुरका पार्टी सचिव तालालामा तामाङ्ग सहितको उपस्थितिमा हुने कार्यक्रम गुटको नभई पार्टी कार्यालय सबैको र कार्यालयमा अवरोध गर्नु गैर लोकतान्त्रिक चरित्र भएको बताए । हामी ताला तोडेरै भएपनि पार्टी कार्यालयमा कार्यक्रम गछौँ यो पार्टी उनीहरुको पनि हो हाम्रो पनि हो । जनताको जनमतमाथि अपहरण गरेजस्तै पार्टी कार्यालय कब्जा गर्नु निन्दनिय भएको उनले बताए । नेकपा पार्टी कार्यालयमा दुवै पक्षविचका कार्यकर्ताविच लफडा मच्चिएसंगै स्थानीय प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति बढाएको छ ।