चिनियाँ उपमन्त्रीको टोली काठमाडौँ आइपुग्यो

काठमाडौँ, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउ नेपाल आएका छन् । आइतबार अपरान्ह एअर चाइनाको उडानबाट छङ्तु हुँदै चिनियाँ उपमन्त्री यझाउ नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको हो ।

सत्तारूढ दल नेकपा औपचारिक विभाजनको अन्तिम संघारमा रहेको बेलामा चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलको भ्रमणलाई अर्थपूर्ण ढंगले हेरिएको छ । उनीहरु नेपालको राजनीतिक घटनाक्रमबारे जानकारी लिने उद्देश्यले आएको बताइएको छ ।

उपमन्त्री यझाउ नेतृत्वको प्रतिनिधिमण्डलले काठमाडौँ बसाईका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।