सुर्खेतमा सरकारविरुद्ध प्रचण्ड-नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाको प्रदर्शन

सुर्खेत, बिरेन्द्रनगरमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले र राष्ट्रिय जनमोर्चा सुर्खेतले विरोध प्रदर्शन गरेको छ। अस‌ंवैधानिक संसद विघटन मान्दैनौं भन्दै नारा लगाउदै छुट्टाछुट्टै प्रदर्शन गरेका हुन । 

प्रदर्शनमा नेकपाका युवा संघका नेता कार्यकर्ताहरुले मोटरसाईकल र्याली गरी बजार परिक्रम गरेका थिए भने राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताले सरकार बिरुद्ध नाराबाजी गर्दै बिरेन्द्रचोकमा आएर कोण सभा गरेका थिए । कोण सभालाई राष्ट्रिय जनमोर्चा सुर्खेतका जिल्ला अध्यक्ष गोबिन्द प्रशाद सुबेदीले गरेका थिए । सुबेदीले अब गाउँगाउँमा गएर ओलीबिरुद्ध धावा बोल्नुपर्छ । संसद बिघटन असंबैधानिक भएको जिकिर गरेका थिए ।

उक्त बिरोध सभामा नेकपा मसालका जिल्ला प्रबक्ता मोहन थापाको पनि उपस्थिति रहेको थियो । बिरोध सभालाई संम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रत्न बिक्रम राना प्यासीले सरकारको यो कदमको मिलेर सामाना गर्नुपर्ने र बर्तमान सरकारले विकासको काम २ प्रतिशत पनि नगरेको दावि गरेका थिए ।

कार्यक्तमको संचालन भने राष्ट्रिय जनमोर्चा सुर्खेतका सचिव लाल बहादुर नेपालीले गरेका थिए । आज देशभर बिभिन्न राजनैतिक दलका नेता कार्यकर्ताले सरकार बिरुद्ध प्रदर्शन गरेका थिए ।