नेपाली बजारमा सुनको मूल्यमा बृद्धि
प्रकासित मिति : २०७७ पुस ९, बिहीबार ११:३२
प्रकासित समय : ११:३२
काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्यमा बृद्धि भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार प्रतितोला १ सयले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ६ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा १५ रुपैयाँले एक हजार २ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।