कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने

काठमाडौ,  नेपाली कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकले मेलमिलाप दिवस मनाउने निर्णय गरेको हो ।कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले पुस १६ गते मेलमिलपा दिवसको कार्यक्रम गर्ने प्रस्ताव पेश गरेका थिए । जुन प्रस्ताव सर्वसम्मत रुपमा निर्णय भएको हो ।

केन्द्रीय समितिको बैठकमा युवा नेताहरुले सरकारको संसद विघटन गर्ने निर्णयविरुद्ध देशव्यापी सांकेतिक रुपमा प्रदर्शन गर्न माग गरेका छन् ।युवा नेताहरुको मागका विषयमा भएको छलफलपछि कांग्रेसले देशव्यापी रुपमा प्रदर्शन गर्ने समेत तयारी थालेको छ ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस १६ अघि सरकारविरुद्ध प्रदर्शन गर्ने विषयमा सहमति बनेको बताए । तर कुन मितिमा प्रदर्शन गर्ने भन्ने निर्णय भने भइनसकेको उनले बताए ।