महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव अनुमोदन

काठमाडौं, नेकपा नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ ।

 मंगलबार दिउँसो बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटी सदस्यमा महराको नाम अनुमोदन गरेको हो ।यसअघि बसेको सो समूहको स्थायी समितिको बैठकले स्थायी कमिटी सदस्यमा महराको नाम अनुमोदनका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीमा प्रस्तुत गरेको प्रस्ताव अनुमोदन भएको हो ।