प्रचण्ड-नेपाल पक्षको बैठकमा ७० प्रतिशत केन्द्रीय सदस्य उपस्थित

काठमाडौँ, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा ३१० केन्द्रीय सदस्य उपस्थित भएको दावी गरिएको छ ।

मंगलबार राजधानीको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बसेको बैठकमा झन्डै ७० प्रतिशत एवं ३१० केन्द्रीय सदस्य उपस्थित भएको दावी गरिएको हो । नेकपामा हाल ४ सय ४७ जना केन्द्रीय सदस्य छन् ।