बबरमहलमा नेकपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । बबरमहलको कार्की ब्यांक्‍वेटमा बैठक भर्खरै बैठक सुरु भएको छ ।

बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेताहरु सहभागि छैनन् ।

आजको बैठकमा प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश हुने नेताहरुले बताएका छन् । यसबैठकअघि ओली समूहको बैठक बालुवाटारमा बसेको थियो ।