माधव, झलनाथ र नारायणकाजी वामदेव निवास भैंसेपाटीमा

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच भेटबार्ता भएको छ ।

मंगलबार बिहान वामदेवलाई भेट्न बरिष्ठ नेताद्वय नेपाल, खनाल र प्रवक्ता श्रेष्ठ भैंसेपाटी निवास पुगेका थिए । कुनै पनि गुटगत भेलामा नजाने अडान लिएका गौतमलाई नेताहरुले आफ्नो पक्षमा आउन आग्रह गरेका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय सदस्यको भला हाल बालुवाटारमा चलिरहेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल पक्षले दिउँसो १ बजे बबरमहलस्थित कार्की बेंक्वेटमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।