ओलीद्वारा गराईयो ५५६ जना केन्द्रीय सदस्यलाई सपथग्रहण

काठमाडौं, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ५५६ जना केन्द्रीय सदस्यलाई सपथग्रहण गराएका छन् । मंगलबार बिहान बालुवाटारमा बसिरहेको आफूपक्षीय केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीले थपिएका सदस्यलाई सपथग्रहण गराएका हुन् ।

उनले हिजो थप गरेको भनिएका सदस्यहरुलाई आजको बैठकमा बोलाएका थिए । ४४७ जना मौजुदा सदस्यमा ५५६ जना थप गर्ने निर्णय गरेका थिए ।

आज उपस्थित भएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकारसमेत रहेका नेता सूर्य थापाले जानकारी दिए ।