बादल र वामदेव अझै अन्योलमा

ओलीले बोलाएको वैठकमा दुबैजना अनुपस्थित

काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आफू पक्षको केन्द्रीय समिति बैठकमा उपाध्यक्ष वामदेव गौतम र रामबहादुर थापा बादल सहभागि भएका छैनन् ।

गौतमले भन्दै विभाजनको साक्षी बन्न दुवै समूहका बैठकमा सहभागी नहुने घोषणा गरिसकेका छन् भने वादल भने आफू नजिकका व्यक्तिहरुसंग छलफलमा रहेको भन्दै दुवै समुह तिर नखुलेका स्रोतले जनाएको छ ।सोमबार भएका दुवै खेमाका प्रतिनिधिसभाका सांसदको बैठकमा पनि उनी सहभागी भएका थिएनन् ।

मंगलबार बिहानै नेकपा अध्यक्ष प्रचण्डले सचिवालय सदस्य तथा गृहमन्त्री समेत रहेका थापासँग उनको निवासमा भेट गरेको स्रोतले बताएको छ । उनी दिउँसो बस्ने प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठकमा समेत सहभागी हुने या नहुने भन्ने निश्चित छैन ।सोमबार पूर्व माओवादीको बादल समूहमा रहेका देव गुरुङ, पम्फा भुसालसहितका नेताले बादलसँग भेट गरी ओलीको कदम प्रतिगामी भएकाले त्यसमा साथ नदिन आग्रह गरेका थिए ।