पुर्व प्रचण्ड खेमाका मणि थापा र टोपबहादुर ओलीको पक्षमा

काठमाडौं, नेकपाका केही मध्यमार्गी नेताहरुले आफ्नो कित्ता क्लियर गरेका छन् ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पक्षमा नखुलेका नेताहरुले अन्तिम समयमा आएका कित्ता क्लियर गरेका छन् । यसमध्येका पूर्वमाओवादी स्थायी कमिटी सदस्यहरु मणि थापा र टोपबहादुर रायमाझी बालुवाटारको बैठकमा देखिएका छन् ।

ओली पक्षीय नेताहरुको बैठकमा उनीहरु पनि सहभागि भएको ओलीनिकट एक नेताले बताएका छन् । बालुवाटारमा ओली पक्षको केन्द्रीय कमिटी बैठक बस्दै सुरु भैसकेको छ । आजै प्रचण्ड-नेपाल समूहको बैठक १ बजे बबरमहलमा बस्दै छ ।