वर्षमान पुनले छाडे मन्त्री क्वार्टर

काठमाडौं, उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले आइतबार राती नै मन्त्री क्वाटर छाडेका छन् ।आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै मन्त्री पुनसहित ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।

राजीनामा दिएको केही घण्टामै मन्त्री पुनले पुल्चोकस्थित मन्त्री क्वाटर छाडेका हुन् ।