अहिलेको समयमा युवा बर्ग नै अन्ध भक्त

सन्द्वर्भ जगन्नाथ गाउँपालिका बाजुरा

जुन घडीको समय ठिक छैन भने त्यो घडीले दिएको समयको के मतलब अहिले समयमा जगन्नाथ गाउँपालिकाले चाहे भन्दा अब्बल ब्यक्तिको नेतृत्व पाएको छ । हामी सम्पूर्ण जगन्नाथ बासी, युवा बर्ग खुशिका फुलका थुङ्गा अर्पण गर्ने बेला हो । हो समाज भन्दा बाहिर छौ दुनियाँको हल्ला सुन्दै नानाथरी शब्द मा त्रुटी देखाउँदै आफ्नो खुट्टामा बन्चरो प्रहार गर्दै ।आफ्नो भागमा पस्केको खाना अरुलाई खुवाउने परिपाटि बन्द होस् । ठाउँ अनुसार र मौसम अनुसार बालि नाली रोप्ने सस्कार बनोस । बेमौसमी बालि चाँहिदैन। समय बलवान् छ ब्यक्ति चयन हाम्रो प्रगतिले होईन भाग्यले दिएको छ । यो आफैंमा नियत छ । म सम्पूर्णमा अपिलका साथ बिनम्र अनुरोध गर्न चाहान्छु । समय र दिन भनेझै उस्तै उस्तै पाटा हुन् । तर बिगतका दिन र अहिलेको दिनलाई निहालेर बुझ्नु सबैको कर्तव्य हो । कसैले दुई फरक भावनाको आचिलो शब्द प्रहार गर्दैमा बिकासमा बाधा पर्ने वाला छैन ।यो हेक्का रहोस बाहिरी बानावटबाट होईन भित्री भागलाई चाकेर हेर र त्यसैले बिरोध बाट होईन हातमा हात जोडेर कर्म र जन्मभुमि प्रति सबैको कर्तव्यलाई क्ष्यमता अनुसार बहन गरम ।

र जन्म भुमिलाई स्वर्गको एक टुक्रा संग दाँजम अनि हजुर हामी जन्मेको भुमिप्रति एक थोपा पसिना उपाहार स्वरुप दान गरम । कलि युगमा पनि बिकास भएन, निकास भएन भष्ट्र नेता, भष्ट्र समाज भनेर दोष दिनु अहिलेको युगले माफि दिदैन । फेरि युवा बर्गलाई किनभने अहिलेको आधुनिक युग हो इन्टरनेटको जमाना हो । घरमै बसिबसि समाजमा परिवर्तन भएको हेर्न सकिन्छ । अनि जुन शब्द अपाच्य छ । त्यहि शब्द प्रहार गर्ने युवाको भुमिका हो । आफ्नो जन्म भुमिले के दिन्छ होईन के दिनुपर्छ भन्ने मुल आसयलाई मध्यनजर गर्दै बिकास र निकासका चौतर्फी नारा बजाउ आउनुहोस कुनै ब्यक्ति गुण,ज्ञान,धन र सिपमा भरिपुर्ण छैन । प्रत्येकको सल्लाह सुझाव आवश्यक छ । साम,दाम,दण्ड,भेद गरेर पनि आफ्नो भुमिलाई बिकास का सुनौलो थुँङ्गा अर्पण गरम त्यसैले धेरै अहमताले बुद्वि अन्धो भक्त बन्छ । ख्याल रहोस जगन्नाथ बिगतका नीति र कार्यक्रम भन्दा बिल्कुलै फरक छ ।

तर सुख र समृद्धि समाजका बिकासमा मात्र आवश्यक छ । अब देखि जगन्नाथका अबिभावक वडा देखि गा पासम्म जनप्रतिनिधि जिम्मेवारी बर्ग र युवाले जनहितको भुमिका निर्वाह गर्ने बेला अएको छ । जगन्नाथ को वरपर बाताबरण र खुलेआम आफ्नो निजतामा बाँच्न सकेको दिन जनताले भित्रि सुख भेटाउने छन् । त्यसैले यहाँ प्रश्न खडा हुन्छ । ब्यक्तिलाई सुरक्षाको बाटो चाहिन्छ ।जनवारको बथानमा पनि जनवार एक अर्को बाट सुरक्षित हुन्छ भने प्रकृतिमा कुनै सृजना आफ्नै नजिकैको सम्पदाबाट खुसिको महशुस लिन्छ । भने हामी त मानव अनि मानवको समाजबाट पिडित हुन्छौ । यो कदापि हुनै सक्दैन यो आत्म गलानी मात्र हो । त्यसैले सम्पुर्ण जगन्नाथ बासि स्वदेश तथा बिदेशमा छरिएर बस्नु हुने आउनुहोस समृद्धि सामाजको बिकास गरम तछाडमछाडबाट होईन ।

त्यसैले अब गोत्री बासिको मात्र नभई बाजुरेलिबासिको हरेक तन,मन अनि मस्तिष्कमा बस्ने सफल कालिबहादुर शाहीलाई बिकास र निकासमा हातमा हात काँधमा काँध जोडेर अगाडि बढम अनि शाही आशाका बिन्दु र बिम्ब हुन् । त्यसैले अहिलेको युगान्तकारी समयका शाही सम्पूर्ण युवाको हातेमालोमा बिन्दु हुनुहुन्छ । अन्त्यमा कसैलाई मेरो शब्द र भावना मन पर्दैन भने बिजुलीको तार समातेर बस्नु ४४० भोल्टको झड्का लागेपछि मनपर्ने छ ।